काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणबढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन् ।
मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जनता कर्फ्यू भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका हुन् । मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै हिन्दुस्तान बचाउनका लागि आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गरिनेछ भनेका छन् । यो जनता कर्फ्यू भन्द कडा हुनेछ । उनले थपे ।
यो २१ दिन लामो हुनेछ। घरबाट बाहिर निस्किने कुरा २१ दिनका लागि कल्पना पनि नगर्न मोदीले चेतावनी दिएका छन् । २१ दिन नसम्हालिने हो भने तपाईंको देश भारत र तपाईंको परिवार २१ वर्ष पछि पर्नेछ मोदीले भनेका छन् ।
प्रधानमन्त्री मोदीले विश्वका शक्तिशाली देशलाई पनि कोरोनाले थला पारेको बताउँदै भारतसँग यसबाट बच्न अर्को कुनै विकल्प नरहेको बताएका छन् ।
भारतमा हालसम्म ५१९ जनामा संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भइसकेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया