कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या ?

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १७ हजार २ सय ३५ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै, ३ लाख ९५ हजार ८ सय ९ जनालाई संक्रमण भएको छ । १ लाख ३ हजार ७ सय ४८ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोना १९५ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म ६ हजार ७७ जनाको मृत्यु भएको छ ।

चीनमा भने ३ हजार २७७ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ । अमेरिकामा ५८२ र स्पेनमा २ हजार ६ सय ९६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?