रिचार्ज रकम बराबरको बोनस दिन टेलिकम कम्पनीलाई दूरसञ्चारको निर्देशन

काठमाडौं । उपभोक्ताले जति रकम बराबरको रिचार्ज गर्छन् सोही बराबरको बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणको मंगलवार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । बढीमा एक महिनाको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको उनले जानकारी दिए । प्राधिकरणको सञ्चालक समिति बैठक अनलाइन मार्फत बसेको थियो।

प्राधिकरणको पत्र कार्यान्वयनको लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले जति रकम रिचार्ज गरेको हो सोही बराबरको व्यालेन्स दिनुको सट्टा भ्वाइस र डाटामा बोनस दिने तयारी थालेको हो ।

रिचार्ज रकम बराबरको व्यालेन्स दिँदा करको बिषय पनि भएकोले ‘उपभोक्ताले कुनै रकम बराबरको रिचार्ज गरे पनि सोही बराबरको भ्वाइस कल र डाटा बोनसको रुपमा दिने तयारी भएको हो ।

आजको बैठकले व्यालेन्स सकिएमा २ सय रुपैयाँसम्म सापटी दिन पनि टेलिकम कम्पनीहरुलाई निर्देशन दिइएको छ भने सस्तो डाटा प्याकेज घोषणा गर्न प्राधिकरणको पूर्व स्वीकृति नचाहिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?