कोरोनाको कारण अमेरिकामा १ नेपालीको मृत्यु

काठमाडौं । कोरोनाको कारण अमेरिकामा एक नेपालीको मंगलबार मृत्यु भएको छ। पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फे कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए ।

पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए।

उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए।

साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?