काठमाडौं । पूर्व युवराज पारस शाहले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम एकजुट भएर सामना गर्न आह्वान गरेका छन् । विश्व नै आक्रान्त बनिरहेको यस अवस्थामा समुद्र र सीमाना भन्दा पर मानवतामा व्यापक छ भन्दै सामाजिक सञ्जालमा यस्तो सन्देश दिएका हुन् ।
पूर्व युवराज शाहले फेसबुकमा लेखेका छन्, “हामी सामूहिक रूपमा महामारीको खतराको सामना गर्दैछौं जुन समुद्र र सीमाना भन्दा पर मानवतामा व्यापक छ। जीवन र बाँकी मानवता को खातिर, हामी सबै कोरोना फिर्ता हराउन प्रतिज्ञा। कोरोना भाइरस बिरूद्ध लडौं।”

साथै नेपाल लकडाउनको सन्देशमा घरभित्र बस्ने, आफैं अलग्ग बस्ने, घरभित्र सुरक्षित बस्ने, सामाजिक दुरी, नीजि दुरी कायम गर्ने जस्ता सूचना उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया