काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै अहिले झेलिरहेको छ । यसबाट बच्नको लागि सारा संसारले बिभिन्न उपायहरु अपनाईरहेको छ । यसैबीच दक्षिण अफ्रिकामा एउटा ठूलो घटना भएको छ ।
त्यहाँको एक चर्चमा पादरीले कोरोना भाइरसबाट बच्नको लागि एक औषधीको ठाउँमा डिटोल खुवाएका छन् । चर्चका पादरी रुफस फलाले कोरोनाको औषधी डिटोल भएको भन्दै डिटोल खुवाउँदा ठीक हुने बताएपछि डिटोल खुवाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जसका कारण ५९ जनाको मृत्यु भएको छ । साथै अन्य चार जनाको अवस्था गम्भीर रहेको छ । यो मामिलाको शोधपुछ गर्न प्रहरी पुगिसकेको सञ्चारमाध्यमहरुले बताएका छन् ।
पुलिसका अनुसार प्यागम्बरका अनुयायीहरुलाई डिटोलले कोरोना भाइरस भगाउने विश्वास रहेकोले सबैले पिएको र पिएपछि ५९ जनको मृत्यु भएको प्रारम्भिक शोधपुछका क्रममा पत्ता लगाएको छ ।
अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार प्यागम्बर रुफसले मानिसहरुलाई डिटोल पिउन लगाएका थिए । उनले डिटोल पिउँदा कोरोना भाग्ने र अन्य रोग पनि ठिक हुने दाबी समेत गरेका थिए ।
उनले डिटोल पिउँदा कुनै नोक्सान नहुने र कोरोना भाइरस सहित बिभिन्न रोगहरु्र निको हुने र डिटोलले इन्शुलेशनको रुपमा कार्य गर्ने दाबी गरेका थिए ।
उनले आफ्ना अनुयायीलाई भनेका थिए, ‘मलाई थाहा छ कि, डिटोल हानीकारक छ, तर भगवानले मलाई त्यसको प्रयोग गर्न निर्देशन दिनु भएको छ ।डिटोल पिउने वाला पहिलो व्यक्ति म नै हुँ ।’
उनले शोधपुछका क्रममा धेरैले डिटोल पिउँदा राम्रो भएको कुरा उनलाई ह्वाट्स्एपमा म्यासेज गरेको समेत दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया