लकडाउन तोड्नेलाई दिइयो यस्तो सजाय (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वले नै झेलिरहेको छ । पाकिस्तानले पनि कोरोना भाइरसको समस्या झेलिरहेको छ ।

महामारीबाट बच्न र सतर्क रहनका लागि केशि देशहरुले पूरा देश नै लकडाउन गरेका छन् । जसकारण धेरै जसो मानिसहरु घरमै बसिरहेका छन् ।

पाकिस्तानले पनि केहि ठाउँमा लकडाउन गरेको छ । तर आम सर्वसाधरणहरुले लक डाउनको नियम उल्लंघन गरेपछि पाकिस्तानी पुलिसले उनीहरुलाई नियम नमानेको सजाय दिएको छ ।

मानिसहरुले सरकारले लकडाउन गर्दा पनि नियम नमानेपछि उनीहरुलाई पुलिसले बीच सडकमै कुखुरा बनाएको हो । त्यति मात्रै होइन, नियम तोड्नेहरुले हात जोडेर माफी पनि मागेका छन् ।

अहिले उक्त घटना सम्बन्धी भिडियो अत्याधिक भाइरल बनिरहेको छ । उक्त भिडियो पाकिस्तानकी एक पत्रकार नायला इनायतले आफ्नो ट्वीटर अकाउण्टमा शेयर गरेकी छन् ।

भिडियोमा कराँची पुलीसले ११ जना नियम तोडेर बाहिर निस्किएका मानिसहरुलाई बीच सडकमै कुखुरा बनाएको हो ।

पुलिस थाना नजिकै उनीहरु सबैलाई कुखुरा बनाइएको थियो । तर नायलाले भिडियोको क्याप्सनमा पुलिस कुखुरा बनाउने प्रयासमा आफैँ कुखुरा बनेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘कमसेकम अर्काेलाई सजाय दिँदा आफू उनीहरु भन्दा ६ फिट टाढा बस्न भने बिर्सिएका छन् ।’

पाकिस्तानमा आजसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भईसकेको छ भने ८०४ भन्दा धेरैमा कोरोनाको संक्रमण देखा परेको छ ।

जेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?