नाकामा आयात निर्यात नरोकिने, आवस्यक परे भारत संग बिशेष पहल गरिन्छ: राजन भट्टराई

काठमाडौं । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आज बाट भारतसँगको नाका बन्द गरिएको छ । नाका बन्द भएता पनि आयात निर्यात भने निर्वाध रहने प्रधान मन्त्रीका पररास्ट्र सल्हाकार राजन भट्टराईले लोकपथलाइ बताएका छन् । ।

सामान रोकिँदा अत्यावश्यक वस्तुको आपूर्ति नै प्रभावित हुने र जनजीवन नराम्ररी संकटमा धकेलिने हुँदा रोक नलगाइएको भट्टराई बताउँछन ।

सामान नरोकिने भनिएता पनि हाल नेपालको मुख्य नाका बिरगंज बिगतको तुलनामा सुनसान रहेको छ । भारत ले आज देखि लक डाउन मा कडाइ गरको छ । भारतका राज्य सरकारहरुले समेत लामो दुरीका सवारी साधन संचालन मा रोक लगाउन थाली सकेका छन् । यसले गर्दा निकट भाबिस्यमा आपूर्ति मा प्रभब पर्ने निश्चित देखिन्छ । यस तर्फ हाम्रो तयारी क छ भन्ने प्रस्नमा भट्टराई भन्छन भारत का राज्यहरुले कार्गो सवारी साधन संचालन मा रोक नलगाउने भनेका छन् । सरकारले कुटनैतिक माद्यम बाट भारत संग समन्वय गरि रहेकै छ र आवस्यक परे बिशेष पहल गरेर समेत आपूर्ति व्यस्था साहज बनाइने छ ।

यधपी हालसम्म कुनै व्यवधान नरहेको र भबिस्यमा पनि आपूर्ति व्यस्था समन्य रहने संल्हाकर राजन भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?