प्रहरीले थाल्यो टोलटोलमा माइकिङ

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको जोखिम नहोस भन्नका लागि प्रहरीले राजधानीमा माइकिङ शुरु गरेको छ ।

प्रहरीले माइकिङ गर्दै घरबाट बाहिर ननिस्किन आग्रह समेत गरेका छन् ।

सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको तथा आजदेखि नाका भएर यात्रुबाहेक सवारीसाधान भित्रन तथा बाहिरिन समेत नदिने निर्णय गरेसँगै प्रहरीले यस्तो अनुरोध गरेको हो । सँगै सरकारले भारत र चीनसँगको सबै नाका समेत आजैदेखि बन्द गराएको छ ।

फ्रान्सबाट नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको पष्टि भइ टेकु अस्पतालमा रहेको कुरा स्वास्थ्य मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । त्यससँगै सरकारले संक्रमणको जोखिम नहोस भन्नका लागि थप सचेतना फैलाएको हाे ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।

महानगरीय प्रहरी कार्यालयले सङ्क्रमणविरुद्ध अभियान सञ्चालन गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रहरीले घरबाट बाहिर निस्किन साथै साबुन पानीले हात धुनको लागि समेत आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?