११ चैत्र २०७९, शनिवार

प्रदेश नम्बरमा यसरी भइरहेको छ मतदान

२०७४,आश्विन,२,सोमवार ०४:५६

0
Shares

काठमाडौँ, २ असोज— तेस्रो चरणको स्थानीय तह निर्वाचन आज बिहान ७ बजेदेखि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा अपराह्न ५ बजेसम्म मतदान हुने छ । प्रदेश नम्बर दुईमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय रहेका छन् भने यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् । खाद्यान्नको उर्बरभूमि मधेसमा हालै गएको भीषण बाढी, डुबान र कटानले यस क्षेत्रका अधिकांश बासिन्दा कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको अवस्थामा आज हुन लागेको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको सेवालाई नै सर्वोपरि राखेर काम गर्ने छन् भन्ने विश्वास लिइएको आयोगले जनाएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि मतदान हुन लागेको हो । यो ऐतिहासिक निर्वाचनले स्थानीय तहको नेतृत्व गर्ने व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाका जनप्रतिनिधिहरूको निर्वाचन गर्ने छ । गत बैशाख ३१ र असार १४ मा भएको पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरूमा ठूलो उत्साह देखिएको र तेस्रो चरणमा पनि यस्तै उत्साह रहने आयोगले विश्वास लिएको छ । मतदानका लागि मतदाताहरु मतदान परिचयपत्र लिएर मतदान केन्द्र जानुपर्ने हुन्छ । तर मतदाताले कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा उसको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ । जसअनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई सहज रुपमा मतदान गर्ने व्यवस्था समेत मिलाएको छ । यस्तै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्नेछन् । तेस्रो चरणको निर्वाचनमा कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) को उम्मेदवारी रहेको छ । निर्वाचनमा यसअघि नै ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको उम्मेदवारी परेको छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् । निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको आयोजले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२,सोमवार ०४:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११