काठमाडौं । विश्वव्यापीरूपमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएसँगै नेपालमा यसको संक्रमण नदेखिए पनि राजनीतिक नेताहरू आ–आफ्नो स्वास्थ्यप्रति विशेष चनाखो बनेका छन्।
आकस्मिकबाहेक भेटघाटको काम पूर्णरूपमा स्थगित गरेर शीर्ष नेताहरू रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्यमा जुटेका छन्।
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरू निवासमै बस्ने, व्यायाम गर्ने र रोगप्रतिरोधात्मक भोजन सेवन गर्ने अभ्यासमा रहेको सचिवालयले बताएको छ। नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया