काठमाडौं । वीरगन्जका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण भएको यसअघि पर्साकै जिम्मेवार सरकारी अधिकारीसहित प्रदेश २ प्रहरीले पुष्टि गरेपनि त्यसको केही घण्टा बित्न नपाउँदै नयाँ ट्वीष्ट आएको छ ।
बिरामीका छोराले लोकपथसँग कुराकानी गर्दै आफ्नो बुबामा क्रोरोनाको संक्रमण आशंका गरिएपनि हालसम्म पुष्टि भने नभएको बताए । उनले भने–बाबामा कोरोनाको आशंका गरेर पटनास्थित पटना मेडिकल कलेज एन्ड हस्पिटलले परीक्षण गरेको हो । तर रिपोर्ट नेगेभिट नै आएको छ ।’
यता वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पनि बिरामीमा कोरोनाको संक्रमण पुष्टि नभएको जानकारी दिए । । केही पहिले बिरामी परेका उनलई केहीअघि उपचारका लागि पटना पुर्याइएको थियो ।
यसअघि प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्की सहित पर्साका सीडीओ समेतले कोरोनाको संक्रमणको जानकारी आएको बताएका थिए । यसअघि पटना अस्पतालले नै रिपोर्ट नआई परिवारका सदस्यलाई कोरोना भएको बताएपछि सोही आधारमा समाचार प्रकाशित गर्दा अन्यथा भएकाले क्षमयाचनासहित सच्याइएको छ । -सम्पादक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया