फिनल्याण्डले लगातार तेश्रो पटक धेरै खुसीयाली हुने देशको बाजी मार्याे, नेपाल कति औँ स्थानमा ?

काठमाडौं । फिनल्याण्डले विश्वका सबैभन्दा धेरै खुसी हुने देशको नाममा लगातार तेश्रो पटक आफ्नो नाम पहिलो नम्बरमा लेखाउन सफल भएको छ ।

संयुक्त राष्ट्रद्वारा जारी भएको ह्याप्पीनेस इन्डेक्सको रिपोर्टमा विश्वकै सबैभन्दा खुसी हुने देशमा फिनल्याण्डले लगातार तेश्रो पटक पहिलो स्थानमा आफ्नो नाम लेखाउन सफल भएको हो ।

त्यहाँ ५५ लाख जनसंख्या रहेको छ । त्यस्तै दोश्रो नम्बरमा डेनमार्क, तेश्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाचौँमा नेदरल्याण्ड्स, छैटौँमा स्विट्जरल्याण्ड, सातौँमा स्विडेन, आठौँमा न्युजिल्याण्ड, नवौँमा क्यानडा र दशौँमा अष्ट्रिया रहेका छन् ।

त्यस्तै सबैभन्दा थोरै खुसी हुने देशहरुको सूचीमा पहिलो नम्बरमा साउथ सुडान परेको छ ।

त्यस्तै दोश्रोमा अ.रिपब्लिक, तेश्रोमा अफगानिस्तान, चौथोमा तान्जेनिया,  पाचौँमा रुवान्डा, अ.रिपब्लिक, छैटौँमा यमन,  सातौँमा मलावी, आठौँमा सिरिया, नवौँमा बोत्सवाना र दशौँमा हाइटी रहेका छन् ।

रिपोर्टका अनुसार १५६ देशको खुसीयाली मापन गरेकोमा बिभिन्न देशका ६ जनालाई प्रश्न गरिएको थियो । उनीहरुलाई जीडिपी, सामाजिक सहयोग, उदारता, भ्रष्टाचार, सामाजिक स्वतन्त्रता, स्वास्थ्य जीवनको प्रश्न सोधिएको थियो ।

रिपोर्टका अनुसार सबैभन्दा खुसीयाली देशहरुको सूचीमा धेरैजसो देश युरोपेली देशहरु नै रहेका छन् । नेपाल भने सारा विश्वमा १०० औँ स्थानमा रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?