काठमाडौं । ग्लोवल वार्मिङ्गका कारण ग्लेशियर अत्याधिक पग्लिन थालेका छन् । क्यानडाको सेलर गेरार्ड मकाओले बिहीवार ग्रिनल्याण्डको डिस्को खाडीमा हिउँका दुई विशाल टुक्रा पग्लेर बगिरहेको देखिएको बताएको छ ।
मकाओले उक्त टुक्रा १५० जहाँज जत्रो भएको बताएको छ । र उक्त दुई टुक्रा क्यानडा तिर आईरहेको पनि बताएको छ ।

क्यानडाका मौसम वैज्ञानिकका अनुसार ग्लोवल वार्मिङ्गका कारण जलवायु तापक्रम र ग्रीनल्याण्डको तटमा अस्थिरता पैदा भएको छ । त्यसै कारणले त्यहाँ उिँका टुक्राहरु पग्लिन थालेका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया