टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ सँग सम्बन्धित बिरामीको मात्रै उपचार गर्ने भएको छ । अस्पतालले ओपीडी सेवा बन्द गरेको छ । यसअघि अस्पतालले क्षयरोग, एचआईभी, झाडापखाला लागेका र कुकुरले टोकेका बिरामीको समेत उपचार गर्ने गरेको थियो ।
अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार अब एचआईभी संक्रमित र क्षयरोगका बिरामीले वीर र पाटन अस्पतालबाट उपचार पाउनेछन् भने कुकुरले टोकेको बिरामीको प्रदेश स्वास्थ्य कार्यालय टेकुमा उपचार हुनेछ ।
‘कुकुरले टोकेका बिरामी हेर्न स्वास्थ्य कार्यालयमा आफ्नै स्वास्थ्यकर्मी खटाउँछौं, तालिम पनि दिन्छौं,’ डा. राजभण्डारीले भने, ‘यसका लागि आवश्यक खर्चसमेत व्यवस्थापन भइसकेको छ ।’ कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया