सरकारको प्रतिबन्ध उल्लंघन गर्दै विदेशबाट आएका ६२ जनालाई क्वारेन्टाइन पठाइयो

काठमाडौं । नेपाल सरकारको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६२ जना नेपालीलाई काठमाडौं ल्याएको छ । ६२ जना मध्य ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् ।

उनीहरु शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरका थिए ।

उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ । सरकारी नियमअनुसार उनीहरुलाई १४ दिने क्वारेन्टाइनमा लगिएको छ । आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?