ज्याक मालेले नेपाललाई १० लाख मास्क सहयोग गर्ने

काठमाडौं । चीनका ज्याक माले नेपालसहित ९ एसियाली मुलुकलाई कोरोना भाइरस सँग लड्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर दिने बताएका छन्। शनिबार बिहान उनले ट्वीट गर्दै भनेका छन्, यो चाँडै पुर्‍याउन सहज छैन, तर हामी यो सम्पन्न गर्नेछौं ।’

नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई सहयोग दिइने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?