काठमाडौं । दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपालीहरु २४ घण्टापछि नेपाल फर्किएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल पछि उनीहरू करीब २४ घन्टापछि शनिबार बिहान काठमाडौं आर्लेका छन् ।
युएईबाट एयर इण्डिया फ्लाइटमार्फत नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केहि समय रोकेपछि उनीहरु अलपत्र परेका थिए । एयर इन्डियाको लापरबाहीको कारण अनाहकमा दिल्ली एयरपोर्टमा बिचल्ली भोग्नुपरेको उनीहरूको गुनासो थियो ।
आफ्ना ट्रान्जिट यात्रुहरू दिल्ली ओर्लेका तीन घन्टा बितिसक्दा पनि एयर इन्डियाले कुनै चासो नदेखाएको पिडित नेपालीहरूको गुनासो थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया