कोरोना भाइरसबाट हालसम्म ११ हजार १८६ को मृत्यु, कुन देशमा कतिको मृत्यु ? (तथ्यांकसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट हालसम्म विश्वभर ११ हजार १८६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या २ लाख ६५ हजार बढी छ ।

यो रोगबाट चीनसहित इटाली, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत र नेदरल्याड्स लगायतका देशहरुले नराम्ररी मानवीय क्षति भोग्ने परेको छ ।
यी देशमा पनि सबैभन्दा बढी मानवीय क्षति इटालीले बेहोरेको छ । इटालीमा हालसम्म ४ हजार ३२ जनाको ज्यान गइसक्दा चीनमा ३ हजार २४८ जनाको ज्यान गएको छ ।
यता स्पेनमा १ हजार ४३, इरानमा १ हजार ४३३, अमेरिकामा २२४, फ्रान्समा ३७२, बेलायतमा १८४ र नेदरल्याण्ड्समा १०६ जनाको मृत्यु भएको छ ।
हालसम्म यो रोगबाट ९० हजार बढी निको भएर घर पनि फर्किएका छन् । नेपालमा हालसम्म यो रोगको संक्रमण नभएपनि उच्च सावधानी अपनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?