निजी क्षेत्रको आश्चर्यजनक मौनता

काठमाडौं । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले अनेक सुरक्षा अपनाए पनि मुलुकको महत्वपूर्ण मानिएको निजी क्षेत्रका विभिन्न संघसंस्थाले अझैसम्म यस्तो संक्रमणबाट बच्न कुनै प्रभावकारी काम गर्न सकेका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतका व्यावसायिक प्रतिनिधिमूलक संस्थाले यस्तो संक्रमणबाट बच्न आफै भने कुनै प्रभावकारी काम गर्न नसकेका हुन् ।

पछिल्लो समय कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको धक्काको प्रभाव नेपालमा पनि थप बढ्दै गएको र यसको असरबाट आफूहरू पीडित भएको भन्दै सरकारसमक्ष विभिन्न किसिमका राहत प्याकेज माग्न एकजुट भएका निजी क्षेत्रका प्रमुख संस्थाले कालोबजारी नियन्त्रणमा भूमिका खेल्नुको साटो मौनता साँधेर शंकास्पद व्यवहार देखाएका छन् । कोरोना भाइरसको सम्भावित जोखिम देखाएर कालोबजारी मौलाउँदासमेत निजी क्षेत्रका विभिन्न संघसंस्था मौन छन् । राजधानी दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?