मन्त्रालयमै ‘कोरोना हेल्थ डेक्स’ स्थापना गर्ने

महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्वभर फैलिरहेको कारोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि ‘कोरोना हेल्थ डेक्स’ स्थापना गर्ने तयारी गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ीपार्वत गुरुङले कोरोना संक्रमणको सम्भावित जोखिमलाई कम गर्नका लागि तत्कालै कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको बताए ।
“बालबालिका, अपाङगता भएका व्यक्ति, बाल सुधार गृह, वृद्धा आश्रममा बस्ने व्यक्तिलाई सेवादिनका लागि कोरोना हेल्थ डेक्स स्थापना गर्न लागेको हो” मन्त्री गुरुङले भने, “मन्त्रालयमा तुरुन्तै फोकल पर्सन तोकेर शुरु गर्ने तयारी छ, आवश्यक परेमा सम्बन्धित ठाउँमै गएर पनि सेवादिन सकिन्छ ।”
मन्त्रालयले कोरोनाको संक्रमण फैलिन नदिनका लागि उच्चजोखिममा रहेका महिला, बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई ध्यानमा राखेर सचेतना मूलक कार्यक्रम महिला तथ बालबालिका विभागबाट सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?