अत्यावश्यक बाहेक सबै सेवा बन्द, के-के भने प्रधानमन्त्रीले ?

काठमाडौं । देशैभर संघ प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अन्त्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबहाक सवारी साधन बन्द गर्ने निर्णय गरिएको पनि जानकारी दिए ।

मानिसको भीडभाड हुने सिनेमा हल आदि बन्द गरिनुका साथै विद्यालय र विश्वविद्यालयको पठन पाठन र परीक्षा स्थगित गरिएको पनि उनले जानकारी दिए ।

यो असहज अवस्थालाई सामँन्य बनाउन सरकार प्रयत्नशील रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?