काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण १० हजार भन्दा बढि मानिसको ज्यान गइसकेको छ । यसो हुँदा सरकारले आ-आफ्नो देशमा संक्रमण रोकथामका लागि विभिन्न सुरक्षा संयन्त्रहरु अपनाएको छ । यस भन्दा अघि नै सरकारले ठुलो भिडभाड नगर्न तथा एकै ठाँउमा २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गरेको थियो ।
यसै अनुसार पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो । कोषले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी नआउनका लागि अनुरोध गरेको हाे ।
त्यस्तै सामूहिक भजनर्कीतन पनि रोकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
याे पनि
पशुपतिमा शव पोल्नेको दर्दनाक कथाः भन्छन्, बालबालिका र युवाको शवले रुवाउँछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया