काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुकी जनताको नाममा सम्बोधन गर्ने भएका छन् ।
ओलीले नेपालले कोरोना विरुद्धको लडाईका विषयमा पछिल्लो अवस्थाका बारेका जानकारी दिन सम्बोधन गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न लागेका हुन् । प्रधानमन्त्रीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको छ ।
संबोधनका क्रममा प्रधानमन्त्रीले विषेश घोषणा गर्नेसमेत बुझिएको छ । सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया