काठमाडौं । कोरोना भाइरसको महामारीसँग लड्नको लागि मल्टिनेशनल कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिइरहेका छन् ।
फेसबुकले आफ्ना कर्मचारीहरुलाई यस शंकटसँग लड्नको लागि विशेष प्याकेजको व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार फेसबुकका सिईओ मार्क जुकरवर्गले आफ्ना कर्मचारीहरुलाई यस महामारीबाट टाढा राख्नको लागि कर्मचारीहरुलाई एक इन्टर्नल नोट पठाएका छन् ।
नोटमा उनले घरबाट काम गर्ने कर्मचारीहरुलाई नेपाली १ लाख १८ हजार ४ सय रुपैयाँ बोनस दिने बताएका छन् । जनवरीसम्मको आँकडामा फेसबुकका लगभग ४५ हजार फुल टाइम काम गर्ने कर्मचारीहरु छन् ।
फेसबुकका साथै अन्य कम्पनीहरुले पनि आफ्ना कर्मचारीहरुलाई यस प्रकारको सुविधा दिने बताइरहेका छन् ।
मंगलवार फेसबुकले कोरोनाले प्रभावित भएको व्यापारलाई मद्दतका लागि ११.८२ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया