काठमाडौं । अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गरेका खुलासा भएको छ । अमेरिकी शेयर बजारमा फेब्रुअरीको शुरुदेखि व्यापक मन्दी छाएको छ ।
सिनेटको रेकर्डले सिनेटर बर र उनकी पत्नीले जनवरी र मध्य फेब्रुअरीको बीचमा ३० भन्दा कारोबार मार्फत् करिब १७ लाख डलर बराबरको शेयर बिक्री गरेको देखाएको छ । यही समयमा अमेरिकी शेयर बजारमा मन्दी देखिन थाल्नुका साथै अमेरिकी स्वास्थ्य अधिकारीहरुले भाइरसका कारण गम्भीर स्वास्थ्य समस्या देखापर्ने भन्दै चेतावनी दिएका थिए ।
सिनेटर बरले शेयर बिक्री गर्नु भएको बारेमा प्रोपब्लीका र दी सेन्टर फर रेन्सोन्सिभ पोलिटिक्सले पहिलो खबर प्रकाशन गरेका थिए । अझ, सिनेटर बरले भाइरसले गम्भीर असर पार्नेछ भनी नर्थ क्यारोलिनामा दिएको भाषण अघि यी शेयर बिक्री भएका थिए ।
सिनेटको अन्वेषण (इन्टिलिजेन्स) समितिको अध्यक्ष भएका कारण बरले गोप्य सरकारी सूचनामा पहिल्यै प्राप्त गरेको अनुमान गरिएको छ । समितिमा कोरोनाको महामारीका बारेमा छलफल पनि नभएको रेकर्डबाट देखिएको छ । बरले बिहीबार गर्नु भएको ट्वीटमा क्यारोलिनाको कार्यक्रममा आफू समेत सबैलाई एक जना स्वास्थ्य अधिकारीले कोरोनाभाइरसले व्यापक असर पार्ने चेतावनी दिएको उल्लेख गरेका छन् ।
बर मात्र होइन, शेयर बजारमा मन्दी आउनै लाग्दा अर्की एक अमेरिकी सिनेटरले पनि शेयर बिक्री गरेका देखिएको छ । जर्जिया राज्यकी सिनेटर केल्ली लोफलरले जनवरीको अन्त्यतिर हजारौं कित्ता शेयर बिक्री गरेका थिए । सिनेटको रेकर्डमा यही समयमा सिनेटरहरुलाई भाइरसको महामारीका बारेमा जानकारी दिइएको उल्लेख छ ।
भित्रभित्रै शेयर बिक्री गरे पनि सार्वजनिक समारोहमा सिनेटर लोफलरले आफ्ना मतदातालाई ट्रम्प प्रशासनमाथि विश्वास राख्न अनुरोध गरेका थिए । फेब्रुअरी २७ मा लोफलरले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीलाई स्वस्थ र सुरक्षित राख्न सार्थक कार्य गरिरहेकाले सबैले उनीमाथि भरोसा राख्न अनुरोध गर्नु भएको थियो ।
सिनेटर लोफलरको विवाह न्यूयोर्क स्टक एक्सचेन्जको स्वामित्व लिएको इन्टरकन्टिनेन्टल एक्सचेन्जका प्रमुख कार्यकारी जेफ्री स्प्रेचरसँग भएको थियो ।
- एजेन्सी रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया