काठमाडौं । पाकिस्तामा कोरोनाभाइसरको संक्रमण तिब्र रुपमा बढीरहेको छ । ४ सय ५३ जनामा संक्रमण भेटिकाएको पुष्टि भएको छ । पाकिस्तानमा भाइरसको संक्रमणबाट मृत्यु २ जनाको मृत्यु भइसकेको छ ।
नवभारत टाइस्मका अनुसार पाकिस्तानको जनजिवन निकै प्रभावित छ । त्यहाँ लक डाउनको जस्तै स्थिति भएको नवभारतले लेखेको छ ।
विश्वनै कोरोना भाइरसको चपेटामा परेको छ । विश्वभरमा १० हजार ४८ जनाको मृत्यु भएको छ । २ लाख ४५ हजार ६ सय १३ जनालाई संक्रमण भएको छ । ८८ हजार ४ सय ३७ जना निको भएर घर फर्कीएका छन् । अहिलेसम्म १७९ देशमा संक्रमण फैलिएको छ ।
चिनको वुहान सहरबाट सुरु भएको भाइरसलेका कारण इटालीमा अहिलेसम्म ३ हजार ४०५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २४८ जनाको मृत्यु भएको छ ।
त्यस्तै इरानमा १२ सय ४८ जनाको मृत्यु भएको छ । अमेरिकामा २१४ र स्पेनमा ८३१ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया