अमेरिका र मेक्सिको द्विपक्षीय सुरक्षा योजनामा सहमत

मेक्सिको सिटी, २० माघ । अमेरिका र मेक्सिको द्विपक्षीय सुरक्षा योजनालाई संयुक्त रुपमा अघि बढाउन सहमत भएका छन् हाल मेक्सिकोको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारीबीच सो सहमति भएको हो मेक्सिको पुगेका अमेरिकी विदेशमन्त्री टिलर्सलनले साँझ मेक्सिकोका विदेशमन्त्री लुईससँग द्धिपक्षीय भेटवार्ता गरेका थिए सो भेटका क्रममा उनीहरुबीच विशेषगरी दुई देशको सुरक्षा चासोका विषयमा बढी कुराकानी भएको थियो । यी दुई देशको सिमाना जोडिएकोले सुरक्षा चासोमा बढी वार्ता केन्द्रित हुनु स्वभाविकै हो सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका समयमा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस समयमा आफ्नो चुनावी एजेण्डाका रुपमा अमेरिकाको मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल लगाउने कुरा अघि सारेका थिए उनी राष्ट्रपति भएको एक वर्ष दिन पूरा भएको छ । तर सो पर्खाल लगाउने भन्ने एजेण्डाको सुरुवात भएको छैन । त्यसो त उनी राष्ट्रपति भएपछि पनि पहिलो पटक मेक्सिकोमा यो उच्चस्तरको भ्रमण भएको छ यस भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री टिलर्सनले नै दुई देशबीचको एकीकृत सुरक्षा योजनाको कुरा उठाएका थिए । त्यो योजनालाई द्विपक्षीय रुपमा अघि बढाइने र एकसाथ कार्यान्वयनमा ल्याइने सहमति सो वार्तामा भएको बताइएको छ त्यस भेटका क्रममा उनीहरुबीच अन्य द्धिपक्षीय हित र मध्य अमेरिकी देश मेक्सिकोको विकासको बारेमा पनि आवश्यक मात्रामा कुराकानी भएको बताइएको छ अमेरिकी विदेशमन्त्री टिलर्सन विभिन्न पाँचवटा ल्याटिन अमेरिकी देशको भ्रमणको सिलसिलामा पहिलो देशका रुपमा शुक्रबार मेक्सिको पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?