काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीस्थित नेपाली दूतावासले कुनै पनि नेपालीलाई बिदा लिएर नेपाल नफर्कन आग्रह गरेको छ ।
दूतावासले सूचनामार्फत संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, बिदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई यूएई ल्याउनेलगायतका कार्यहरू तत्काल बन्द गर्न आग्रह गरेको छ ।
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मूलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया