काठमाडौं । एपी वन खबर डट कम अनलाईन न्यूज पोर्टलले निशुल्क स्यानिटाइजर वितरण गर्ने भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाममा सहयोग पुर्याउनका लागि एपी वन खबर डट कमका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले स्यानिटाइजर वितरण गर्न लागेका हुन् ।
सापकोटाका अनुसार एक परिवारको लागि एक पिस मात्र दिइनेछ । भने उक्त सुबिधा लिनको लागि परिवार गरिब भएको आधिकारिक पृष्टी गर्नु पर्नेछ ।
यस्तो बेलामा पनि स्यानीटाईजर र मास्कमा भन्सार र अन्य कर छुट नदिएकोमा भने आक्रोस व्यक्त गर्दै र भन्सारमा सहजिकरण र सबै प्रकारका कर छुट दिन माग गरि सापकोटा केहि व्यवसायिक साथिहरुसँग मिलि स्यानिटाइजर उपलब्ध गराउँन लागेका हुन् ।
कोरोनाका कारण नेपालमा बजारमा महंगी तथा कालोबजारी बढेको छ । त्यतिमात्र नभएर अवैध रुपमा मास्कहरु समातिएका समाचारहरु आइरहेका छन् ।
यसैक्रममा एपी वन खबर डट कमका प्रबन्ध निर्देशक धर्मेन्द्र सापकोटाले सरकार यस्तो बेलामा पनि स्यानीटाईजर र मास्कमा भन्सार र अन्य कर छुट किन नदिएको भन्दै हेलो सरकार, अर्थ सचिब, भन्सार विभाग प्रमुख संग आफ्नो गुनासो पोख्दा झारा टार्ने उत्तर दिएकोमा प्रबन्ध निर्देशक आफु निराश भएको साथै केहि सहजता प्रदान गर्नका लागि स्यानिटाईजर वितरण गर्न लागेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया