उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं । कोरोनाको कारण नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन स्थगित भएको छ । महासँघको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २८ र २९ मा काठमाडौंमा निर्वाचन हुन लागेको थियो । कोरोनाको कारण स्थगित वार्षिक साधारण सभा र निर्वाचन आगामी जेठ ७ र ८ गतेका लागि तोकिएको छ ।

यसअघि नै सरकारले २५ जनाभन्दा बढी मानिसहरु समूहमा भेला नहुन, सभा सम्मेलन नगर्नका लागि निर्देशन दिइसकेको थियो । कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि महासंघले उक्त निर्णय गरेको हो ।

बुधवार सरकारको उच्च स्तरिय बैठकले सबै शैक्षिक संस्था तथा एसईई, विश्वविध्यालय र लोकसेवाको परिक्षा समेत रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?