काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा फैलिरहेको बेला कोरोनाबाट लड्नको लागि भन्दै कतै भने आफ्नो बिजनेस चम्काउनमा लागि परेका छन् ।
भारतको केरलामा यस्तै एउटा घटना सार्वजनिक भएको छ । त्यहाँ रहेको एक पसलमा एन्टी कोरोना जुस भनेर बेचिइरहेको छ ।
पुलिसले त्यसबारेमा थाहा पाउनासाथ तत्काल उक्त पसलेलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तिरुवन्तपुरमबाट लगभग ४५ किलोमिटर टाढा पर्ने वर्कला नामक ठाउँमा यस्तो घटना भएको हो । यो केरलाको प्रमुख पर्यटकीय गन्तव्य समेत हो ।
६० वर्षका एक ब्रिटिश व्यपारीले एन्टी कोरोना भाइरस भन्दै जुस बेचेका थिए । उनले बोर्डमा नै एन्टी कोरोना भाइरस जुस लेखेर टाँसेका थिए । उनले एक गिलास जुसको नेपाली २ सय ४० रुपैयाँमा बेच्ने गरेका थिए ।
उनले अमला र निबुवाको जुसलाई एन्टी कोरोना जुस भनेर बेच्ने गरेको प्रहरी’ले सोधपुछका क्रममा पत्ता लगाएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया