कर्मचारीलाई निशुल्क कोरोना परीक्षण र ६ महिनासम्म तलबी बिदा

काठमाडौं । न्युयोर्कमा कर्मचारीलाई निशुल्क कोरोना भाइरस परीक्षण तथा तलबी बिदा दिइने भएको छ । अमेरिकी राज्य न्युयोर्कमा कर्मचारीलाई तलबी बिदा दिनेबारे राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेको बताइएको छ ।

प्याकेजमा कोरोना प्रभावित अमेरिकन कर्मचारीलाई ३ महिनासम्म तलबी बिदा र निःशुल्क कोरोना परीक्षण एवं उपचार गर्ने उल्लेख गरिएको छ । त्यस बाहेक कर्मचारी परिवार सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आए थप तीन महिना तलबी बिदा पाइने छ ।

न्युयोर्कमा हालसम्म २ हजार ३८२ जनामा कोरोना भाइरस देखिएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका छन् । ७५ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?