डुंगा दुर्घटनामा कम्तीमा ९० जनाको मृत्यु

ट्रिपोली, २० माघ । लिबियाको सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा ९० जनाको मृत्यु भएको छ सो डुंगा दुर्घटनामा कति मानिस डुबे भन्नेबारेमा यकिन भएको छैन । भूमध्यसागरको लिबियाली क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ९० जना आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले जनाएको छ दुई लिबियाली तथा आठ जना पाकिस्तानी नागरिक दुर्घटनास्थलबाट केही पर लिबियाली सामुद्रिक तटमा मृत अवस्थामा भेटिएको उल्लेख गरिएको छ दुर्घटनामा परेका दुई यात्रुले पौडेर जीवन जोगाउन सफल भएका छन् भने अर्को एक जनालाई माझीले उद्धार गरेका थिए आइओएमले सो बाटो यात्राका लागि सुरक्षित नभएको पटक पटक चेतावनी दिँदै आए पनि मध्य भूमध्यसागरीय बाटो नाम दिइएको यो क्षेत्रहुँदै युरोप जाने आप्रवासीको ठूलो संख्या रहेको छ यो लिबियालाई इटालीसँग जोड्ने आप्रवासीले प्रयोग गर्ने अति खतरनाक बाटोका रूपमा लिने गरिन्छ । सन् २०१८ मा मात्रै यस क्षेत्रमा भएका दुर्घटनामा २ सय १८ जना आप्रवासी शरणार्थीको मृत्यु भएको आईओएमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?