भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १६६ पुग्यो

काठमाडौं । भारतमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमतिको संख्या १६६ पुगेको छ ।

भारतको महाराष्ट्र राज्यमा ४५, केरालामा २७, दिल्लिमा १२, उत्तर प्रदेशमा १७, कर्नाटकमा १४, लद्दाखबा ८, हरियाणामा १७, पश्चिम बंगालमा १, पुद्दुचेरीचेरी १, चंडीगढमा १ जनालाई कोरोना पोजेटिभ भेटिएको हो ।

त्यस्तै विदेशी नागरिक २५ जना संक्रमति भएको भारतीय टेलीभिज एबीपीको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

बुधबार भारतमा १५१ जना संक्रमित थिए । भारतमा अहिलेसम्म १५ जना उपचारपछि घर फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?