प्रशिद्ध बक्सर रोजर मेवेदरको निधन

काठमाडौं । अमेरिकी बक्सर फ्लोयड मेवेदरका प्रशिक्षक रोजर मेवेदरको निधन भएको छ ।

विश्व प्रशिद्ध बक्सर फ्लोयडका काका रोजरको ५८ वर्षको उमेरमा निधन भएको हो । उनको निधन के कारणले भयो भन्ने बारे अझैसम्म पनि खुल्न सकेको छैन ।

फ्लोयडले सामाजिक संजाल ट्वीटरबाट रोजरको निधन भएको जानकारी दिएका छन् ।

द ब्लाक मुम्बा नामले परिचित रोजर आफ्नो समयको उत्कृष्ट बक्सर हुन् । १९८० को दशकमा रोजर विश्व च्याम्पियन बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?