शिक्षामन्त्रीको अपीलः स्थानीय तहको अटेरी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तीन हप्तासम्म विद्यालय बन्द गर्न अपिल गरेका छन् । उनले सो अवधिमा स्कुले उमेरका करिब ७० लाख बालबालिकालाई परिवारसँग घरमै बस्न अपिल गरेका हुन् ।

एसईई परीक्षा शुरू हुनु दुई दिनअघि मंगलबार जारी गरेको अपिलमा मन्त्री पोखरेलले बिहीबारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) भने नरोकिने जानकारी दिएका छन् । उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गरिने भएकाले परीक्षा नरोकिने स्पष्ट पार्दै उनले सबै विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले आज ५ गतेसम्म परीक्षा सकिएका १ देखि ९ कक्षासम्मका सबै विद्यार्थीलाई भोलिबाट परिवारसँग बस्न अपिल गरेका छन् ।

मन्त्रालयको अपिल सबैले पालना गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले भनेका छन्– ‘कतिपय स्थानीय तहले मन्त्रालयको निर्देशन अटेर गरी आ–आफ्नै ढंगले परीक्षा सञ्चालन र विद्यालय भर्नासम्मका क्रियाकलाप गर्न थालेपछि शिक्षाले संघीय मन्त्रालयमार्फत सबै कार्यक्रम स्थगित गर्न मन्त्रालयले पत्र पठाउने तयारी गरेको छ।’ नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?