सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुन: प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो।
मिर्गौला प्रत्यारोपण गरी बालुवाटार फर्केका ओलीले बढाएको राजनीतिक सक्रियतापछि बुधबार बैठक बस्न लागेको हो। ‘बुधबार सचिवालय बैठक बोलाइएको छ’, वरिष्ठ नेता झलनाथ खनालले भने, ‘बैठकका एजेन्डा अहिले जानकारी गराउने गरिएको छैन।’ उपाध्यक्ष वामदेव गौतमबारे निर्णयमा पुनर्विचारको एजेन्डा बन्न सक्छ कि भन्ने जिज्ञासामा खनालले भने, ‘वामदेवजीलाई राष्ट्रियसभामा लैजाने विषयमा पार्टीले जे निर्णय गर्यो त्यो भइसक्यो। त्यसमा पुनर्विचार हुँदैन। त्यो छलफलमा आउने विषय पनि होइन।’ अन्नपूर्णमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया