निर्माण कम्पनीहरूलाई आफूले लिएको जिम्मेवारी पूरा गर्न सरकारले दियो थप मौका

काठमाडौँ। निर्माण कम्पनीहरूलाई आफूले लिएको जिम्मेवारी पूरा गर्ने थप मौका सरकारले प्रदान गरेको छ । त्यसअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक हजार पाँच सयवटा समयमा पूरा हुन नसकेका रुग्ण आयोजना पूरा गर्ने म्याद थप गरेको छ ।
निर्माण कम्पनीहरूले निर्धारित समयमै काम सम्पन्न गर्ने कार्यतालिकासहितको प्रतिबद्धता जनाएकाले विगत लामो समयदेखि स्थगित वा कहिले काम हुने कहिले काम बन्द हुुने गरेका ती आयोजनाको म्याद थप गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?