प्रदेश २ मा राजपा र समाजवादी पार्टीको धोका, जनकपुर भएन स्थायी राजधानी

जनकपुर । सत्तारुढ दल समाजवादी पार्टी र राजपाले धोका दिँदा जनकपुरलाई प्रदेश नम्बर २ को स्थायी राजधानी बनाउने योजना असफल भएको छ ।

जनकपुरलाई नै राजधानी बनाउने गरी सबै दलहरुबीच सहमति जस्तै बनेपनि पछि प्रदेशको नामाकरणमा सहमति नजुटेपछि सत्तारुढ दलका सांसद भड्किएका थिए ।
उनीहरुले मधेस प्रदेशमा नसघाएकाले जनकपु्रको पक्षमा पनि मतदान गर्न नसक्ने भन्दै विपक्षमा मतदान गरेको बताइएको छ ।

मंगलबार अबेर सम्पन्न मतदातको नतिजाअनुसार जनकपुरको पक्षमा ५२ र विपक्षमा पनि ५२ मत खसेको छ । यस्तै तीन मत बदर भएको छ । यो सँगै प्रदेशसभाबाट स्थायी राजधानी टुंगो लगाउने प्रयास असफल भएको हो ।

यसअघि ४ वटा नामको प्रस्तावमा मतदान हुँदा कुनैपनि नाममा दुई तिहाइ नपुगेपछि प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?