काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि न.पा १५ तिनथानावाट सामूहिक वलात्कारगरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला दाङ राप्ती गाउँपालिका वडा न.१ घर हुने बर्ष २४ को संजय घर्ती मगर,जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा न.९ घर हुने बर्ष १९ को पासाङ तामाङ,जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका वडा न. २ घर हुने बर्ष १९ को कपिल खडका रहेका छन् ।
प्रहरीका अनुसार तिनथानास्थित गस्ती गर्ने क्रममा वर्ष १७ की एक वालिकालाई अपरिचित ३ जना व्यक्तिहरूले जवर्जस्ती करणी गरेको सुचनाकाे आधारमा प्रहरी टोलिले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा तिनजनाले बालिकालाई उक्त स्थानमा सडक किनारामा पार्किङ्ग गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगी जवर्जस्ति करणी गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया