प्रदेश नम्बर २ को नामका लागि गरिएको ४ वटै प्रस्ताव अस्वीकृत

जनकपुर । प्रदेश २ को नामका लागि गरिएको ४ वटै प्रस्ताव अस्वीकृत भएको छ । मंगलबार प्रदेशसभामा मतदान हुँदा ४ वटै प्रस्ताव अस्वीकृत भएको हो ।

प्रदेशसभामा सत्तारुढ दल साजपा र समाजवादीले मधेस, नेकपाले जानकी, काँग्रेसले मिथिला भोजपुरा र अर्को मध्य प्रदेशको पनि प्रस्ताव परेको थियो ।

तर चार वटा नामका लागि मंगलबार दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई नपुगेपछि प्रदेशको नामाकरण गर्ने प्रयास विफल भएको छ ।

प्रदेशका सत्तारुढ दल राजपा र समाजवादीले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा ६० मत परेको छ । विपक्षमा ४८ मत खसेको छ ।

त्यसअघि मध्य मधेस प्रदेशको पक्षमा ४२ मत परेको थियो । यो सँगै यो प्रस्ताव पनि अस्वीकृत भएको भयो ।

मध्यप्रदेशको विपक्षमा ६५ मत खस्यो भने मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो । यस्तै विपक्षमा ७९ मत खसेको थियो । त्यस्तै नेकपाले गरेको जानकी प्रदेशको प्रस्ताव पनि अस्वीकृत भएको थियो ।

जानकी प्रदेशको पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?