एसीड पिडीत थापालाई भेटेर मुस्कान खातुनले भनिन् – नआत्तिनुहोस् निको हुन्छ

काठमाडौं – गत सोमबार आफ्नै श्रीमतीको एसीड प्रहारबाट घाईते भएका रामराजा थापालाई एसीड आक्रमणकी घाईते मुस्कान खातुनले भेटेर सहानुभूति दिएकी छन् ।

थापामाथि एसिड आक्रमण भएको सामाजिक सञ्जालबाट थाहा पाएपछि मुस्कान आफ्नो आमाबाबुको साथमा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर उनलाई भेटेर सहानुभूति दिएकी हुन् । राति कोठामा सुतिरहेको अवस्थामा आफ्नै पत्नीबाट तेजाब आक्रमणमा परी घाईते उनको उपचार भइरहेको छ ।

वीरगञ्ज महानगरपालिकाका–३ छपकैयाकी १५ वर्षीया मुस्कान तिनै हुन् जसमाथि भदौ २० गते शुक्रबार विद्यालय जाँदै गर्दा एसिड प्रहार भएको थियो । सबै तस्वीर सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?