अमेरिकी स्वास्थ्य विभागमा भयो साइवर अट्याक, ह्याकर्सले फैलाए कोरोनाको अफवाह

काठमाडौं । एक तर्फ कोरोना भाइरससँग सारा विश्व लडिरहेका बेला सोमवार अ‍ेमेरिकी स्वास्थ्य विभागमा ह्याकर्सले साइट ह्याक गरेका छन् ।

ह्याकर्सले अमेरिकी स्वास्थ्य विभागको साइट ह्याक गरेर साइट आफ्नो कब्जामा लिँदै कोरोना भाइरसलाई लिएर अफवाह फैलाएका हुन् । तर अहिले भने वेबसाइट विभागले कब्जा गरिसकेको छ ।

ब्लुम वर्गको रिपोर्टका अनुसार ह्याकर्सले कोरोना भाइरसलाई लिएर अफवाह फैलाउनका लागि ह्याकिङ गरेको पत्ता लागेको छ ।

ह्याकिङ भएको शंका लागेपछि अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद (एनएससी) ले एक्सन लिएको थियो । साथै साइट तत्कालै आफ्नो कब्जामा लिएको थियो ।

तत्कालै एनएससीले एक ट्वीट गर्दै त्यस बारेमा जानकारी दिएको थियो । कोरोनाको बारेमा एक झुटो रिपोर्ट वेबसाइटमा देखेपछि उनीहरुलाई ह्याकिङ भएको शंका लागेको थियो । त्यसपछि तत्कालै एक्सन लिएर सर्भरलाई ह्यार्सबाट बँचाएका थिए ।

ह्याकर्सले स्वास्थ्य विभागको साइट ह्याक गरेर लकडाउनको अफवाह फैलाएको थियो । जसलाई एनएससीले ट्वीट गरेर जानकारी गराएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?