काठमाडौं – संसारलाई सुसूचित गर्ने अनेक तरीका हुन्छ । लिखित मौखिक वा सांकेतिक तरिका अपनाएर एक दोस्रोलाई सूचना, समाचार, जानकारी दिन्छन् । तर आज फ्लाईट राडारले देखाएको यो सांकेतिक तस्वीर निकै गम्भिर छ ।
हो, पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्वीरको लागि विमानका पाईलटले निकै मिहिनेत गरेका थिए । अर्थात् उनीहरुले आकाशमा प्लेन उडाएर स्टे होम लेखेको ‘फ्लाईट राडार’ले देखाएको छ ।
अमेरिकाको पूर्वी तटमा बसोबास गर्ने अधिकांश मानिसहरू भर्खरै उठ्ने तरखर गरेकै बखत अस्ट्रियन एयरपोर्टबाट उडेको सानो हवाईजहाज आकाशमा बान्की लगाउँदै थियो । धेरैले सोचे कोही उडान सिक्दै छ । धेरैपटक यता यता घुमिरहेको हवाईजहाज देखेर केहि आत्तिए पनि । तर पछि थाहा भयो हवाईजहाजका पाईलटले ‘स्टे होम’ अर्थात् घरमै बस भन्ने सन्देश आकाशमा रुटमार्फत् लेखाउन चाहेका थिए ।
यसले पाईलटको सिप र खुबी त देखाउँछ नै उनले दिन खोजेको सन्देश अझै महत्वपूर्ण छ । सिनेट डटकमले लेखेको छ, यो आक्रमक रुपमा फैलिएको संक्रामक भाइरसबाट बच्न घरमै बस्नु सबैभन्दा उत्तम उपाय हो । विश्व स्वास्थ्य संगठन WHO ले पनि सेल्फ क्वारेन्टाईनलाई जोड दिइरहेको छ ।
सजिलै सर्ने भएकोले साबधानी अपनाउन मानिसहरुलाई सचेत गर्ने हेतुले यो स्केच तयार पारेर त्यहि अनुसार उडान भर्दै लेखिएको थियो । यो लेख्नको लागि पूर्व तयारी अनुरुप उडान भरेकै ठाउँमा अवतरण गरेको थियो । अस्ट्रिया, हंगेरी र स्लोभाकियाको आकाशमा समेत यस विमानले फन्को मारेको थियो ।
विश्वभर नै भयावह रुपमा फैलँदै गरेको कोरोना भाइरस कोभिड १९ कारण यो समाचार तयार पर्दासम्म विश्वभरमा ७ हजार १७१ जनाको मृत्यु भइसकेको छ । १ लाख ८२ हजार ६०९ जनामा कोरोनाको संक्रमण फैलिएको छ । कोरोना भाइरस निको भएर घर फर्कनेको सङ्ख्या ७९ हजार ८८३ रहेको छ ।गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको कोरोना विश्वका एक सय ६२ देशमा फैलिसकेको छ । विश्व अर्थतन्त्र ध्वस्त भएको छ । बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनको छ । यद्यपी उसले अब महामारीको अन्त्यतिर गएको भन्दै सार्वजनिक स्थल खुला गर्न थालेको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ । चीनपछि इटली सबैभन्दा बढी कोरोना सङ्क्रमण भएको देश हो । चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ । त्यसैले यो संक्रामक रोगबाट बच्न भिडभाडबाट टाढै रहनुपर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया