कैदीहरुले दुई दिनमै बनाए २ हजार मास्क

काठमाडौं । कोरोना भाइरसबाट बच्नको लागि भारतको भोपालस्थित सेन्ट्रल जेलका कैदीबन्दीहरु सुतिको कपडाबाट मास्क बनाईरहेका छन् ।

दुई दिनमै उनीहरुले २ हजार मास्क बनाएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । जेल प्रबन्धनले भने ति मध्ये केहि मास्कहरु क्ैदीहरुलाई बाँड्ने बताएको छ ।

साथै बाहिरबाट डिमान्ड आए अन्य मास्क पनि बनाउने जनाएको छ । सेन्ट्रल जेल अधिक्षक दिनेश नरगावेका अनुसार जेलमा संक्रमणबाट सुरक्षाका लागि सावधानी बढिरहेको छ ।

जेलमा जाने नयाँ कैदीबन्दीहरुलाई राख्नको लागि एक फरक वार्ड समेत बनाइएको छ । त्यसका कोर्टले सजाय सुनाएका बिचाराधीन बन्दीहरु राखिने भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?