काठमाडौं । भारतको मुम्बईबाट २८ वर्षीय कास्टिङ डाइरेक्टरलाई अभिनेत्रीको प्राइभेट फोटो सोसल मिडियामा लिक गरेको मामिलामा गिरफ्तार गरिएको छ ।
सोसल मिडियामा भाइरल तस्वीरमा अभिनेत्री आफ्ना ब्वाईफ्रेन्डसँग थिइन् । अभिनेत्रीको उमेर २७ वर्ष रहेको भारतीय सञ्चारमाध्यले बताएका छन् ।
भारतीय सञ्चारमाध्यम अमरउजालाका अनुसार आरोपीको पहिचान महावीर तक उर्फ नकुलको रुपमा भएको छ । घटनाको छानबिन गर्दै पुलिसले पीडित अभिनेत्रीका ब्वायफ्रेन्ड पनि कास्टिङ डाइरेक्टर रहेको बताएका छन् ।
केहि समय अगाडि महावीरले एक सिरियल कास्टिङका लागि तीन लाख रुपैयाँ दिएका थिए । पछि सिरियलको काम नभएपछि पैसा फिर्ता माग्दा नदिएकोले उनको ब्वाईफ्रेन्डको मोवाइल लिएर आएको बताएका छन् ।
अभिनेत्रीले पुलिसलाई आफ्नो प्राइभेट फोटो लीक भएको बताएकी थिइन् । त्यसपछि पुलिसले घटना गम्भीर भएकोले डाइरेक्टरलाई गिरफ्तार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया