रियल र बार्सालाई पछि पार्दै लिभरपुल बन्यो सर्वाधिक मुल्यवान क्लब

काठमाडौं । इङ्लिस क्लब लिभरपुल ट्रान्सफर बजारमा सर्वाधिक मुल्यवान टिम बनेको छ । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले निकालेको युरोपको शीर्ष पाँच लिगको सूचीमा लिभरपुल शीर्ष स्थान हात पारेको हो ।

लिभरपुलको मूल्य १.४ बिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको मूल्य १.२४ बिलियन रहेको छ । सूचीको तेस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोना, चौंथो स्थानमा रियल मड्रिड र पाँचौंमा चेल्सी रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन (पीएसजी), एट्लेटिको मड्रिड, टोटनहम र युभेन्ट्स क्रमशस् छैटौं देखि दशौँ स्थानमा रहेका छन् ।

सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक मूल्यलाई आधार बनाएर सूची निकालेको जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?