कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका हुन् । आफ्नो समूहमाथि प्रश्न उठ्दा यसअघि पनि उनले यस्ता भेला बोलाउने गरेका थिए ।
भेलामा उनीपक्षीय केन्द्रीय सदस्यहरू गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईं, सांसद भीमसेनदास प्रधानसहित भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । केन्द्रीय सदस्य उमाकान्त चौधरी भने सहभागी भएनन् । पार्टीको काममा गृहजिल्ला जानुपरेका कारण भेलामा उपस्थित हुन नसकेको उनले बताए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया