काठमाडौं । तुर्कीको एक अदालतले ३ वर्षका सीरियाली शरणार्थी एलन कुर्दीको मृत्युको जिम्मेवारीलाई सजाय सुनाएको छ ।
यस घटनाको सम्बन्धमा तीन जनालाई मानव तस्करीको आरोपमा १२५/१२५ वर्षको जेल सजाय सुनाएको हो । तुर्की सेनाले उक्त तीन जनालाई गएको हप्तामात्रै गिरफ्तार गरेको थियो ।
सेप्टेम्वर सन् २०१५ मा तुर्कीको बोडरम समुन्द्र तटमा ३ वर्षका बच्चा एलन कुर्दीको शवको तस्वीरले सारा विश्व नै त्रसित बनेको थियो ।
एलनका आमाबुबा बच्चालाई साथमा लिएर सीरियाको गृहयुद्धबाट ज्यान बँचाएर शरण लिनका लागि निस्किएका थिए । तर उनीहरुको डुङ्गा समुन्द्रमा डुबेर आमा तथा छोराको मृत्यु भएको थियो ।
मात्र पिता अब्दुल्ला मात्र बाँचेका थिए । पछि बोडरुमको तटमा नै एलनको अन्त्यष्टी गरिएको थियो । उनीहरु शरणका लागि त्यो बाटो हुँदै क्यानडा जान लागेका थिए ।
युनाइटेड नेशन्सका अनुसार सन् २०११ म भएको सीरियाली युद्धका कारण ६७ लाख सीरियाली नागरिक आफ्नो घर छोडेर अन्यत्र गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया